नेपालगञ्ज एयरपोर्टमा विमान दुर्घटना !

नेपालगञ्ज – नेपालगञ्ज एयरपोर्टमा विमान दुर्घटनाको कृत्रिम घटना अभ्यास गरिएको छ ।
विमान दुर्घटना भइहालेमा गर्ने कार्यहरुकोबारेमा कृत्रिम घटना अभ्यास गरिएको हो । विमानस्थलमा विमान दुर्घटना हुन्छ । तत्काल दमकल पुगेर आगो निभाउँछ । सुरक्षाकर्मीहरु गएर घाइतेहरुको उद्धार गर्छन् । एम्बुलेन्समा हालेर अस्पताल पठाउँछन् । विमानस्थल परिसरमै शुक्रबार यस्तो कृत्रिम घटना अभ्यास गरिएको थियो ।


नेपालगञ्ज एयरपोर्टका प्रमुख प्रेमनाथ ठाकुरले यस्ता घटना अभ्यास गरिरहनु पर्ने बताउनुभयो । घटना भइहालेमा कसरी छिटो त्यसको व्यवस्थापन गर्ने भनेर जानकारी दिनका लागि अभ्यास जरुरी रहने गर्दछ ।


कृत्रिम घटना अभ्यास हुँदा आर्मीका जर्नेल हरेन्द्र पाठक, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, भैरवप्रसाद गणका गणपति नकुल थापा, एसपीहरु ओमबहादुर राना, अशोक बम, नरेन्द्र गिरीलगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !