हात्तीको दाँतसहित थारु पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले हात्तीको दाँतसहित एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले विशेष सूचनाका आधारमा बैजनाथ गाउँपालिका वडा नं. २, तिलकपुर बस्ने पूर्णबहादुर थारुलाई दश किलोग्राम हात्तीको दाँतसहित पक्राउ गरेको हो ।
थारुले घर पछाडी रहेको शौचालयको सेफ्टी ट्यांकीछेउमा निलो प्लाष्टिकमा लपेटी सेतो बोराभित्र २९ इन्च लम्बई, दश किलो तौल भएको हात्तीको दाँत राखेका थिए । थारुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !