चैत्र ५ गतेदेखि नेपालगञ्ज महोत्सव

नेपालगञ्ज – एजी सर्भिस प्रालि, नेपालगञ्जले चैत्रमा नेपालगञ्ज महोत्सव गर्ने भएको छ ।
नेपालगञ्जमा बिहीबार पत्रकार सम्मेलन गरेर प्रालिका अध्यक्ष नन्दबहादुर बुढाले सो कुराको जानकारी दिनुभयो ।
चैत्र ५ देखि १६ गतेसम्म महोत्सव सञ्चालन गरिने छ । ‘समृद्ध नेपालको प्रमुख आधार, व्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ भन्ने नाराका साथ महोत्सव गर्न थालिएको हो । १२ दिनेसम्म चल्ने महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु ल्याउने तयारी भएको छ । अध्यक्ष बुढाले दुई लाख ५० हजारले अवलोकन गर्ने लक्ष्यका साथ महोत्सवको तयारी गरिएको छ । महोत्सवमा ६० रुपैया टिकट राखिएको छ । विद्यार्थीका लागि ४० रुपैया तोकिएको छ । महोत्सवको वाटरपार्कको खाली जग्गामा लगाउने तयारी भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !