बसोबास १२ मा, सेवा सुविधा १ नम्बरमा

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का बासिन्दाले सेवा सुविधा एक नम्बर वडाबाट लिन थालेका छन् ।
भूमि सुधार तथा मालपोत कार्यालयले हाल साविक गर्दा १२ नम्बर वडाअन्तर्गत पर्ने बेलासपुरलाई एक नम्बरमा पारिदिएपछि उनीहरु सेवा लिन एक नम्बर वडा कार्यालय, धम्बोझीमा जान बाध्य भएका हुन् ।
भूमि सुधार तथा मालपोत कार्यालयले स्थानीय तहसँग समन्वय नगरी हाल साविक गरिदिंदा स्थानीय तहमा द्वन्द्व बढ्ने संकेत देखिएको छ । ‘बसोबास वडा नं. १२ मा छ । मतदाता पनि उतैका हुन्, अहिले सेवा सुविधा लिन एक नम्बरमा आइरहेका छन्, वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले भन्नुभयो, भूमि सुधार तथा मालपोत कार्यालयले स्थानीय तहसँग समन्वय नगरेर आफूखुशी निर्णय गर्दा द्वन्द्व बढ्ने देखिएको छ ।’
बेलासपुरको कृषि विकास बैंकदेखि प्रमोद जलानको काठमिल हुँदै खजुरा रोडसम्मका बासिन्दाहरु वडा नं. १ मा सेवा लिन पुगिरहेका छन् । त्यहाँका बासिन्दाहरु चार किल्ला, घरबाटोको सिफारिस, घर सम्पन्न, विद्युत सिफारिसका लागि वडा नं. १ कार्यालयमा पुगेका छन् ।
हेर्दा सामान्यजस्तो लागेपनि यो सिमांकन परिवर्तन हो । कालान्तरमा यो क्षेत्रका बासिन्दालाई वडा नं. १ कै मतदाता बनाइयो भने एकको भूगोल बढ्ने निश्चित रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !