६८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कोरोना संक्रमित ६८ वर्षीया महिलाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, कोहलपुर नगरपालिका वडा नं. ११ की ६८ वर्षीया महिलाको आज ४.१८ बजे मृत्यु भएको हो ।
महिलालाई माघ १४ गते कोरोना पुष्टि भएको थियो । उपचारको क्रममा उनको मृत्यु भयो । बाँकेमा अहिलेसम्म ५४ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।