मिस्टर एन्ड मिस थारुका लागि दुई जना छनौट

जागेश्वर सिंह थारु (नेपालगञ्ज) – नेपालगञ्जमा मिस एन्ड मिस्टर थारु सिजन–३ को अडिसन भएको छ ।
अडिसनमा बाँके, बर्दिया र कैलाली युवा युवातीको सहभागिता हरेको थियो । बाँके बैजानाथ गाँउपालिका–३, नौबस्ताका सुस्मिता चौधरी र कैलाली टिकापुरका प्रेरण चौधरी अडिसनबाट छनौट भएको जह इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सुरेशकुमार चौधरीले बताउनु भयो ।
नेपालगञ्ज, बिराटनगर र चितवन आज अडिसन भएको फाउन्डर चौभरीले बताउनु भयो । माघ २८ गते झुम्का, लहान बिरगञ्ज र धनगडी र फागुन १ गते काठमाण्डौँ, बुटवल र दाडंमा अडिसन हुँदैछ ।
चौधरीका अनुसार, थारुको सँस्कृतिको जगेर्ना गर्ने, सामाजिक विकास, मेलमिलाप, भातृत्व र एकता झल्काउनेलाई मुख्य प्राथमिकता दिइने छ । छनौट भएका मिस्टर एन्ड मिस थारुलाई देश विदेशमा सहभागी गराउने लक्ष्य रहेको छ । नेपालभर अडिसन लिइ ५० जनालाई छनौट गरिने छ । छनौट गरेका सहभागीहरुलाई काठमाडौंमा १ महिना तालिम दिएर फिनालेमा सहभागी गराइने छ ।
नेपालगञ्ज अडिसनको छनौटकर्तामा थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद चौधरी, नेपाल पत्रकार महासंघका बाँके शाखाका सदस्य प्रजोल श्रेष्ठ, थारु गायीक तथा मोडेल श्रीदेवी चौधरी, मोडेल सुनिता दहित र शिवंगी राणा रहेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !