ओडारमा भरुवा बन्दुक

नेपालगञ्ज – कोहलपुरको सिम्री गाउँस्थित जंगलछेउको ओडारमा भरुवा बन्दुक फेला परेको छ ।
शिकारीले वन्यजन्तुको शिकार गर्नका लागि ओडारमा बन्दुक लुकाएर राखेको आकलन गरिएको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले बन्दुक फेला पारेको हो ।
घरमा राख्दा पक्राउ पर्ने डरले शिकारीले बन्दुकलाई जंगलछेउको ओडारमा राखेको प्रहरीको भनाई रहेको छ । कोहलपुर प्रहरीले माघ २१ गतेदेखि १५ दिनसम्म ‘स्वीप अपरेसन’ शुरु गरेको छ । समाजमा शान्ति सुव्यवस्था तथा अमनचयन कायम गर्न, सडक दुर्घटना, लागु औषधी दुव्र्यसनी तथा सामाजिक अनुशासनविरुद्धका कारबाही गर्नका लागि अभियान थालेको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !