योगिनी कप : मुस्कान, ध्रुवतारा र भानु विजयी

नेपालगञ्ज – प्रथम योगिनी कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा मुस्कान युवा क्लब, ध्रुवतारा बोडिङ स्कुल र भानु माविले वियजी सुरुआत गरेको छन् ।
खजुरा गाउँपालिका–२, गौघाटमा सुरु भएको प्रतियोगिताको पहिलो दिन मुस्कान युवा क्लब राप्तीसोनारीले आयोजक योगिनी युवा क्लबलाई २५–१६, २३–२५, २५–२२ र २५–२० ले पराजित गरेको छ । भानु मावि उढरापुरले ज्ञानोदय मावि खजुरालाई २०–२५, २५–१४, २५–१६ र २५–१८ ले हरायो । यसैगरी अर्को खेलमा धु्रवताराले जनता नमुना माविलाई २५–२२, २२–२५, २५–१६, २९–३१ र १५–९ ले पराजित गरेको छ ।
रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा बाँकेका ११ वटा टिमले प्रतिस्पर्धा गरिरहेको छन् ।
बिहीबार एक समारोहका बिच खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, वडा नम्बर २ अध्यक्ष देवीलाल खनाल, बाँके जिल्ला भलिबल संघका सचिव यामनारायण महतोले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । प्रतियोगिताले खजुरा क्षेत्रमा भलिबलको विकासमा महत्वपूर्ण योगदान गर्ने अध्यक्ष किस्मत कुमार कक्षपतिले बताउनुभयो ।
माघको २४ गते सम्म चल्ने प्रतियोगिताको विजेताले २१ हजार र उपविजेताले १० हजार पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले ५ हजार पाउने आयोजक क्लबका अध्यक्ष तरिन्द्र बहादुर थापाले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !