ब्राउनसुगरसहित समातिए सार्की
नेपालगञ्ज – नेपालगञ्ज नाका खुलेसँगै लागु औषधी ब्राउनसुगरका कारोबारी देखिन थालेका छन् ।
जमुनाहा नाकामा उभिरहेका रझेनाका २२ वर्षीय होमबहादुर सार्की एक ग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, जमुनाहाले सार्कीलाई खानतलासी गर्दा रातो प्लाष्टिकमा पुडिया बनाइ राखेको ब्राउनसुगर बरामद भएको हो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।