कोरोनाविरुद्धको खोप नेपालगञ्जमा आइपुग्यो
नेपालगञ्ज – भारतले नेपाल सरकारलाई सहयोग गरेको कोरोनाविरुद्धको खोप नेपालगञ्ज आइपुगेको छ ।
१५ गते उद्घाटनको तयारी रहेको खोपलाई सबै प्रदेशमा पु¥याउने काम भइरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि चाहिने खोप लिएर खोप सुपरभाइजर कृष्ण सुवेदी नेपालगञ्ज आइपुग्नु भएको हो ।
लुम्बिनी प्रदेशलाई ८ हजार ८ सय भाइल, कर्णालीलाई दुई हजार ६ सय भाइल र सुदूरपश्चिम प्रदेशलाई तीन हजार ६ सय भाइल पठाइएको छ । खोप सुपरभाइजर सुवेदीको टोली लुम्बिनीको बुटवल, कर्णालीका लागि नेपालगञ्जमा खोप छोडेर सुदूरपश्चिमतर्फ लागेको छ ।
खरिद तथा आपूर्ति शाखा, कर्णाली प्रदेश हाल नेपालगञ्जका खोप अधिकृत देवीराम पौडेलले कर्णालीका लागि नेपालगञ्जमा आइपुगेका खोपलाई भोली नै पठाइने जानकारी दिनुभयो ।