असाहयलाई व्हील चियर

नेपालगञ्ज – डुडुवा गाउँपालिकाका जेष्ठ नागरिक, असाहय, गरिब, अपाङ्गता भएका व्यक्ति र दिर्घरोगले ग्रसित भई हिड्डुल गर्न नसक्ने नागरिकलाई व्हील चियर वितरण गरिएको छ ।
गाउँपालिकाले जेष्ठ नागरिक तथा सामान्य हिड्डुल गर्न नसक्ने नागरिकलाई घरभित्र तथा बाहिर आवतजावतमा सहजताका लागि व्हील चियर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
डुडुवा गाउँपालिका वार्ड नंं ३ निवासी जागरानी जायसवाललाई आइतबार व्हील चियर प्रदान गरिएको छ । व्हील चियर प्राप्त गरेपछि हिड्डुल गर्न निकै सहज भएको जागरानीका छोरा उदयराज जायसवालले बताउनुभयो । उहाँका अनुसार घरमा आमालाई यताउता हिड्डुल गराउन धेरै समस्या भएको बेला गाउँपालिकाले व्हील चियर उपलब्ध गराएपछि असहाय नागरिकलाई राहत मिलेको छ ।
गाउँपालिकाले अहिलेसम्म करिब ३५ जना जेष्ठ नागरिक तथा असहाय अपाङ्गलाई व्हील चियर उपलब्ध गराएको जनाएको छ । गाउँपालिकाले यस्ता नागरिकहरुलाई निःशुल्क औषधीसहित स्वास्थ्य सेवा उपचारको समेत घरघरमा व्यवस्था गरेको छ । गाउँपालिका अध्यक्ष जेष्ठ नागरिक कार्यक्रम लागु गर्ने योजना अघि सारिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !