कोरोनाबाट दाङकी महिलाको मृत्यु

नेपालगञ्ज – कोरोनाबाट दाङकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा उपचारको क्रममा महिलाको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि पुस १३ गते नेपालगञ्ज ल्याइएकी महिलालाई १५ गते कोरोना पोजिटिभ देखिएको थियो । महिलाको उपचारको क्रममा राती १.३८ बजे मृत्यु भएको छ ।
बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ७८ पुगेको छ । सबै भन्दा धेरै दाङका रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !