मोटरसाइकल चोरी बढ्यो

नेपालगञ्ज – नेपालगञ्जमा मोटरसाइकल चोरी बढेको छ ।
घरभित्र राखेका मोटरसाइकल धमाधम चोरी भइरहेका छन् । कलाकार सुन्दर गुरुङको छोराले चढ्ने कालोमा निलो धर्का भएको १५० सीसीको भे १० प ३५३४ नम्बरको पल्सर बाइक भृकुटीनगरबाट चोरी भएको छ । राती ८-९ बजेको बीचमा मोटरसाइकल चोरी भएको थियो । आफन्तीको घरमा जादा घर अगाडि सडकछेउमा राखिएको मोटरसाइकल चोरी भएको गुरुङले जानकारी दिनुभयो ।
केही दिनअघि पत्रकार जीवन पाण्डेको घरबाटै मोटरसाइकल चोरी भएको छ । गेटको ढोकामा भित्रबाट चुुक्कुल लगाएर भित्र राखिएको मोटरसाइकल राती चोरी भएको पाण्डेले बताउनुभयो ।
भृकुटीनगरका चन्द्र श्रेष्ठको पनि मोटरसाइकल चोरी भएको छ । पछिल्लो दिनमा नेपालगञ्जमा मोटरसाइकल चोरीका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेमा मोटरसाइकल चोरी भएपछि उजुरी दिन जाने पीडितको संख्या बढ्दो रहेको छ । केही दिनयतै ५ वटा मोटरसाइकल चोरी भएको उजुरी पुगेको छ । प्रहरीले खोजी भइरहेको बताउने गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !