अग्रज पत्रकार सम्मानित

नेपालगञ्ज – नेपाल पत्रकार महासंघ, बाँकेले तीन जना अग्रज पत्रकारलाई सम्मान गरेको छ ।
महासँघको १२ औं जिल्ला अधिवेशनको क्रममा अग्रज पत्रकारहरु पूर्णलाल चुके, लियाकत अलि र गणेश जिसीलाई सम्मान गरेको हो । पत्रकार चुकेले नियमित रुपमा जनमत अद्र्धसाप्ताहिक चलाइरहनु भएको छ । अलिले संकल्प साप्ताहिक चलाउनु भएको थियो । जिसी भेरी आवाज एफएममा आवद्ध हुनुहुन्थ्यो ।
यसैबीच, जिल्ला अधिवेशनमा पत्रकार महासंघका सचिव उदय जीएम, प्रदेशका महासचिव भेषराज बस्नेत, सचिव शुक्रऋषि चौलागाई, नेताहरु देवराज भार, महेश्वर गहतराज, हरि आचार्य, कोहलपुरका मेयर लुटबहादुर रावत, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलगायतले शुभकामना दिनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !