खजुराका ८८ वर्षीयको कोरोनाबाट मृत्यु

नेपालगञ्ज – बाँकेको खजुराका ८८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, खजुरा गाउँपालिका वडा नं. ७ का ८८ वर्षीय बृद्धको आज विहान ३.२० बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि मंसीर ३० गते अस्पतालमा ल्याइएका बृद्धलाई त्यही दिन कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि निरन्तर उपचारमा रहेका बृद्धको विहानको मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !