कोरोनाबाट बाँकेमा दुई जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोहलपुर मेडिकल कलेजमा कैलाली र कञ्चनपुरका दुई जनाको गएराती मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कञ्चनपुरका ४५ वर्षीय पुरुष र कैलालीका ६७ वर्षीय पुरुषको मृत्यु भएको छ ।
कैलाली जिल्ला जमुनी–२ का ६७ वर्षीय पुरुषको आज विहान ८.३५ बजे मृत्यु भएको छ । मंसीर २२ गते कोहलपुरमा ल्याइएका उनलाई त्यही दिन कोरोना पुष्टि भएको थियो ।
कञ्चनपुरका ४५ वर्षीय पुरुषलाई मंसीर १८ गते कोहलपुरमा ल्याइएको थियो । उनको गएराती ९.४५ बजे मृत्यु भएको छ ।
बाहिरी जिल्लाबाट उपचार गराउन आउदा बाँकेमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !