घरमै बसेका २० जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा ८२ वर्षीय बृद्धले कोरोनालाई जितेका छन् ।
कोहलपुर नगरपालिका वडा नं. २ निवासी ८२ वर्षीय बृद्धले घरमै बसेर कोरोनालाई जितेका हुन् । मंसीर १५ गते कोरोना पुष्टि भएका बृद्ध आज डिस्चार्ज भएका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, आज २० जना डिस्चार्ज भएका छन् । आज डिस्चार्ज भएका सबै जना होम आइसोलेसनमा रहेका थिए ।
जिल्लामा हालसम्म तीन हजार ८ सय ९४ जना डिस्चार्ज भइसकेका छन् । एक सय ५९ जना आइसोलेसनमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !