महासंघ बाँकेको पुस १८ गते अधिवेशन

नेपालगञ्ज – नेपाल पत्रकार महासंघ, बाँकेको जिल्ला अधिवेशन पुस १८ गते हुने भएको छ ।
केन्द्रको सर्लुकर अनुसार नै बाँके शाखाले पुस १८ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
अधिवेशनलाई भब्यताका साथ सम्पन्न गर्नका लागि अध्यक्ष ठाकुरसिंह थारुको संयोजकत्वमा सम्पूर्ण कार्य समिति सदस्य रहने गरी अधिवेशन तयारी समिति गठन गरिएको छ ।
महासंघ बाँकेले अधिवेशनका क्रममा विभिन्न पुरस्कारहरु वितरण गर्ने गर्दछ । महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेको संयोजकत्वमा सिराज खान, नविन गिरी, अछरी पोखरेल र विनोद पौडेल सदस्य रहेको पुरस्कार छनौट समिति बनाइएको छ ।
बैठकले पुस ५ गतेसम्म सदस्यता नविकरण गर्न सदस्यहरुलाई आग्रह गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !