मेडिकल कलेजमा आइसीयु बेड र उपकरण थपियो

नेपालगञ्ज – नेपालगञ्ज मेडिकल कलेजले कोरोनालगायत विभिन्न किसिमका जटिल रोगका बिरामीलाई लक्षित गरी आइसीयु बेड र उपकरणहरु बृद्धि गरेको छ ।
लर्ड बुद्ध एजुकेशनल एकेडेमीका लिमिटेडका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाका अनुसार, नेपालगञ्जमा मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा आइसीयु बेडसंख्या ४६ पुगेको छ । २० वटा आइसीयु बेड थपिएको छ । ७ वटा भेन्टिलेटर र एउटा पोटेबल अल्ट्रासाउण्ड मेसिन पनि थप गरिएको छ । शिक्षण अस्पताल नेपालगञ्जमा भेन्टिलेटरको संख्या १४ पुगेको छ ।
कोहलपुर शिक्षण अस्पतालमा ३२ वटा आइसीयु बेड थप गरेर ५२ वटा पु¥याइएको छ । कोहलपुरमा एउटा पोटेबल अल्ट्रासाउण्ड र चार वटा भेन्टिलेटर थप गरिएको छ । कोहलपुरमा भेन्टिलेटरको संख्या दश पुगेको छ ।


सहायक निर्देशक डा. कनोडियाले आइसीयु बेड र भेन्टिलेटर थपिएसँगै गम्भीर बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
अस्पतालले कोरोना संक्रमितको उपचारमा सेवालाई थप प्रभावकारी बनाउन पीसीआर ल्याब सञ्चालनमा रहेको छ । संक्रमित बिरामीको उपचार गर्ने क्रममा अस्पतालमा कार्यरत एक सय ७३ जना चिकित्सक स्वास्थ्यकर्मी र अन्य कर्मचारी संक्रमित भएका थिए । त्यसमा दुई जनाको मृत्यु भएको कनोडियाले जानकारी दिनुभयो ।
अस्पतालले थप गरेको आइसीयु वार्डको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा र प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !