युट्युव हेरेर बनाएकाे पेस्ताेल पड्किदा अाफै घाइते


नेपालगन्ज – बांकेका एक किशाेर अाफैले बनाएकाे कटुवा पेस्ताेल पड्किदा घाइते भएका छन् ।
राप्तीसाेनारी गाउंपालिका वडा नम्बर ५, चाचरफर्काका १६ वर्षीय सचिन थारु अाफैले बनाएकाे पेस्ताेल पड्किदा घाइते भएका हुन् ।
सचिनले युट्युव हेरेर काठ र फलामकाे घरेलु कटुवा पेस्ताेलजस्ताे देखिने हतियार बनाएका थिए । उक्त पेस्ताेल पाइन्टकाे पछाडीकाे गाेजीमा राखेर हिडेका थिए । गाेजीबाट निकाल्ने क्रममा पेस्ताेल पड्किएर उनकाे दायाँ खुट्टाकाे हिपमा छर्रा गडेकाे छ ।
गएराती न‌ै सचिनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा ल्याइएकाे छ । उनकाे अवस्था सामान्य रहेकाे छ । पेस्ताेल प्रहरीले नियन्त्रणमा लिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !