शुक्लाफाँटाका ७३ वर्षीयको कोहलपुरमा मृत्यु

नेपालगञ्ज – कञ्चनपुर शुक्लाफाँटाका ७३ वर्षीय पुरुषको बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।
कोरोना संक्रमित ७३ वर्षीयको राती १.४५ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि मंसीर १२ गते अस्पताल ल्याइएका ७३ वर्षीयलाई कोरोना देखिएको थियो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ६३ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !