हाप्किडो संघले सेमिनार गर्ने

नेपालगञ्ज – नेपाल मार्शल आर्टस् हाप्किडो संघ, बाँकेले नेपालगञ्जमा तीन दिने सेमिनार गर्ने भएको छ ।
संघले बिहीबार पत्रकार सम्मेलन गर्दै २०, २१ र २२ गते नेपालगञ्ज रंगशालामा चौथो राष्ट्रिय हाप्किडो इन्स्ट्रक्चर, सेल्फ डिफेन्स, एजुकेशनल, लिडरसीप एण्ड रेफ्री सेमिनार गर्ने जानकारी दिएको छ ।
नेपाल मार्शल आर्टस् हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तिमगरको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा बाँकेका अध्यक्ष बुद्धिराज बर्तौलाले सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्ने जानकारी दिनुभयो ।
अध्यक्ष कालीबहादुर घर्तिमगर, प्रमुख प्रशिक्षक सुस्मिता गुरुङ, सहायक प्रमुख प्रशिक्षक भुवन बुढामगर, सहायक प्रमुख प्रशिक्षक कृष्ण महर्जन, प्रवीण गुरुङले प्रशिक्षण दिने सेमिनारमा ४५ जिल्लाले सहभागिता जनाउने अध्यक्ष बर्तौलाले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !