रुपैडिहाबाट मुम्बईसम्म बस सञ्चालन हुने
नेपालगञ्ज – जय बागेश्वरी टुर एण्ड ट्राभल्सले रुपैडिहाबाट भारतका विभिन्न शहरमा बस सेवा सञ्चालन गर्ने भएको छ ।
नेपालगञ्जको बसपार्क नजिक सम्पर्क कार्यालय सञ्चालन गरेको जय बागेश्वरीले रुपैडिहाबाट अहमदावाद, बरोडा, सुरत, वापी र मुम्बईसम्म बस सञ्चालन गर्ने जनाएको छ ।
जय बागेश्वरी टुर एण्ड ट्राभल्सका प्रोपोराइटर रेडक्रस चन्दले रुपैडिहाबाट भारतका विभिन्न शहरमा बस सञ्चालन गर्न थालेको जानकारी दिनुभयो ।
जय बागेश्वरी टुर एण्ड ट्राभल्सको बसपार्क नजिकको सम्पर्क कार्यालयको नेपालगञ्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष आदेश अग्रवालले उद्घाटन गर्नुभयो । सो अवसरमा उपाध्यक्ष अग्रवालले भारतमा जाने नेपालीलाई अब झन्झट नहुने बताउनुभयो ।
जय बागेश्वरी टुर एण्ड ट्राभल्सका प्रोपोराइटर चन्दले भारतमा नेपालीले उत्तिकै मूल्यमा आरामदायी तरिकाले बसमा यात्रा गर्न पाउने बताउनुभयो ।