कोहलपुरका ७४ वर्षीय पुरुषको मृत्यु

नेपालगञ्ज – कोरोनाबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. २ का ७४ वर्षीय पुरुषको भेरी अस्पताल, नेपालगञ्जमा आज विहान २ बजे मृत्यु भएको हो । उनी मंसीर ६ भेरीमा भर्ना भएका थिए ।
लामो समयपछि बाँकेका संक्रमितको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचार गराउन मृत्यु हुनेको संख्या बढिरहेपनि बाँकेको मृतक बढेका थिएनन् । योसँगै जिल्लामा मृतकको संख्या ३९ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !