विद्यार्थीलाई मास्क र सेनिटाइजर बोकेर आउन उर्दी

नेपालगञ्ज – लामो समयपछि खुलेका विद्यालयहरुले विद्यार्थीलाई अनिवार्य रुपमा मास्क लगाएर आउन उर्दी गरेका छन् ।
मास्क नलगाइ आएको विद्यार्थीलाई विद्यालय प्रवेश गर्न नदिने उर्दी जारी गरेको विद्यालयले सेनिटाइजर आफै बोकेर ल्याउन निर्देशन गरेका छन् । विद्यालय प्रवेश गर्ने बित्तिकै सावुन पानीले हात धुन भनिएको छ ।
ज्वरो वा सुख्खा खोकी लागेका विद्यार्थीलाई स्कूल नपठाइदिन अभिभावकसँग आग्रह गरेका छन् ।
आफ्नै मापदण्ड बनाएर स्कूल सञ्चालन गरिएका छन् । कक्षा कोठामा सामाजिक दुरी कायम गर्न भनिएको छ । यो कुरा चाहि शिक्षक हुँदामात्रै भइरहेको छ । शिक्षक पढाएर जाने बित्तिकै विद्यार्थी घुलमिल भइरहेका छन् ।
नेपालगञ्जका स्कूलहरु धमाधम खुल्दै छन् । शैक्षिक सत्रको आधा बढी समय गइसकेकाले विद्यालयलाई पनि कोर्स सिध्याउन गाह्रै नै छ । बाँकेमा अझै कोरोनाका बिरामी देखा परिरहेका छन् । कुनै विद्यार्थीलाई कोरोना देखिने बित्तिकै स्कूल बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । यसतर्फ स्कूल सञ्चालक सचेत हुनुपर्ने देखिन्छ । अभिभावकले पनि ज्वरो आएको वा लगातार खोकी लागेका बच्चालाई स्वास्थ्य जाँच गरेपछि मात्रै स्कूल पठाइदिनु पर्छ । स्कूलहरुले पनि गेटमै थर्मलगनले ज्वरो नाप्ने व्यवस्था गर्दा बिरामी बच्चा स्कूलमा जान सक्दैन ।


error: यो सुविधा उपलब्ध छैन !