सरसफाई कर्मचारीलाई स्वास्थ्य सामाग्री

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाईमा खटिएका कर्मचारीलाई बुधबार व्यक्तिगत सुरक्षा तथा सरसफाई सामग्री सहयोग गरेको छ ।
उपमहानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख डा. धवलशमशेर राणा, उपप्रमुख उमा थापामगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का र प्रबक्ता प्रमोद रिजालले सरसफाई कर्मचारीलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभयो ।
नगर प्रमुख डा. राणाले कोरोनाको उच्च जोखिमका बावजुद सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि उदाहरणीय कार्य गर्न आग्रह गर्नुभयो ।
उपमहानगरपालिकाले जर्मन सहयोग (जिआईजेड) तथा विश्वका चिकित्सकहरुको सहकार्यमा सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई सामाग्री सहयोग गरेको हो ।
उपप्रमुख उमा थापामगरले सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई माक्स, ग्लोब्स, सेनिटाइजर, पिपिई, गम्बुटलगायतका १४ प्रकारका सामाग्री उपलब्ध गराइएको जानकारी दिनुभयो । नेपालगञ्जमा ३ सय ५० जना सरसफाई कर्मचारी कार्यरत रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !