कोरोना संक्रमित दाङका ५६ वर्षीय पुरुषको मृत्यु

नेपालगञ्ज – कोरोना संक्रमित दाङका ५६ वर्षीय पुरुषको नेपालगञ्जमा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ५६ वर्षीय पुरुषको आज विहान ४.५० बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि मंसीर ६ गते भेरीमा भर्ना गरिएको थियो । ७ गते कोरोना पुष्टि भएको थियो । उनको आज विहान मृत्यु भयो ।
बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !