दौडिए धावक : कसले जित्ला ७५ हजार ?

नेपालगञ्ज – छैठौ धारा नेपालगञ्ज म्याराथन शुरु भएको छ । नेपालका टप धावकहरु यतिबेला नेपालगञ्ज–कोहलपुर सडकमा दौडिरहेका छन् ।
१३ औं सागमा स्वर्ण पदक विजेता गोपीचन्द्र पार्की, नेपालगञ्ज म्याराथनका पहिलो संस्करण विजेता होमलाल श्रेष्ठ, दोस्रो विजेता कृष्ण बस्नेत, गतवर्षका विजेता नवराज साउद र गतवर्ष सेकेन्ड भएका खगेन्द्र भाट दौडिरहेका छन् ।


नेपालगञ्ज म्याराथन विजेताले टोकियो ओलम्पिकमा भाग लिन पाउने छन् । त्यसका साथै नेपालगञ्ज म्याराथनका प्रथमले पाउने ७५ हजार रुपैया पाउनेछन् । यसका साथै यसपाली रेकर्ड ब्रेक गर्नेलाई २५ हजार तत्काल दिने घोषणा गरिएको छ । टोकियो ओलम्पिकमा रेकर्ड ब्रेक गर्नेलाई ५० हजार रुपैया पुरस्कार दिने घोषणा भइसकेको छ ।


हाफ म्याराथनमा १३ औं सागमा सिल्भर मेडल विजेता पुष्पा भण्डारीसहितका खेलाडी दौडिएका छन् ।
म्याराथनको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव रमेश सिलवाल, नेपालगञ्जको मेयर डा. धवलशमशेर राणालगायतले नेपालगञ्ज म्याराथनको उद्घाटन गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !