४३ जना कोरोनामुक्त

नेपालगञ्ज – बाँकेमा शनिबार ४३ जना कोरोनामुक्त भएका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, २९ पुरुष र १४ जना महिला कोरोनामुक्त भएका छन् ।
कात्तिक २६ गते कोरोना पुष्टि भएका उनीहरु दश दिनसम्म विभिन्न आइसोलेसनहरुमा बसेका थिए । केही होम आइसोलेसनमासमेत बसेका थिए ।
जिल्लामा अहिलेसम्म तीन हजार चार सय ७३ जनाले कोरोना जितेका छन् । एक सय ३६ जना आइसोलेसनमा बसेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !