भेरीमा दाङका ४८ वर्षीयको मृत्यु
नेपालगञ्ज – बाँकेमा उपचार गराउन आएका कोरोना संक्रमितको मृत्यु भएको छ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का ४८ वर्षीय पुरुषको गएराती सवा एघार बजे भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि कात्तिक १० गते भेरीमा भर्ना भएका ४८ वर्षीय पुरुषलाई भोलीपल्ट कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि अस्पतालले रोगको प्रकृति अनुसार उपचार गरेपनि सफल हुन नसकेपछि उनको गएराती ११.१३ बजे मृत्यु भएको थियो ।
बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।