कोरोनाबाट रुकुमका ३३ वर्षीयको मृत्यु

नेपालगञ्ज – कोरोनाबाट बाँकेमा रुकुम चौरजहारीका नगरपालिकाका ३३ वर्षीय पुरुषको मृत्यु भएको छ ।
कोहलपुर मेडिकल कलेजमा असोज २१ गते भर्ना भएका ३३ वर्षीय पुरुषको २२ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले आज विहान ५ बजे उनको मृत्यु भएको जानकारी दिनुभयो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !