अमर प्रहरीका परिवारलाई सम्मान

नेपालगञ्ज – ६५ औं प्रहरी दिवसका अवसरमा विभिन्न कालखण्डमा साहदत प्राप्त गरेका अमर प्रहरीलाई सम्झिदै उनका परिवारलाई सम्मान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँके परिसरमा पहिलो पटक मनाइएको प्रहरी दिवसमा द्वन्द्वकालमा मारिएका ८२ जना प्रहरीको नाममा स्तम्भ बनाएर माल्र्यापण गरिएको छ । जिल्ला प्रहरीले अमर प्रहरीका परिवारलाई बोलाएर पहिलो पटक सम्मान गरेको हो ।
अमर प्रहरी परिवार र अशक्त प्रहरीको तर्फबाट बोल्दै एकमाया विकले जिप्रकाले पहिलो पटक आफ्नै परिसरमा कार्यक्रम गरेर अमर प्रहरीलाई सम्झिदै उनका परिवारलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले अमर प्रहरीका परिवारलाई पेन्सनमात्रै नभएर छोराछोरीलाई रोजगारी, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो ।


खजुरा गाउँपालिकाकी उपाध्यक्षसमेत रहनु भएकी विकले अमर प्रहरी सबैको शालिक बनाउनु पर्नेमा जोड दिदै आगामी वर्ष प्रहरी दिवस मनाउदा आफ्नै मान्छेको शालिकमा माल्र्यापण गर्न पाउनु पर्ने बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर राना, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रुपा गहतराज, पूर्व प्रहरी संगठन बाँकेका ज्योतीप्रसाद श्रेष्ठलगायतले मन्तब्य राखेको प्रहरी दिवसमा विभिन्न खेल, उत्कृष्ट प्रहरी कर्मचारी, जग्गादाताहरुलाई सम्मान गरिएको थियो ।


जिप्रका बाँकेले उत्कृष्ट प्रहरीमा डीएसपी सुवास खड्का, प्रहरी निरीक्षक हृदेयस सापकोटा, प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजाल, प्रहरी सहायक निरीक्षक युवराज खड्का, प्रहरी हवल्दारहरु नन्दा घर्ति, धनबहादुर गिरी, नवराज बम, प्रहरी जवानहरु दिपेन्द्र एमसी, पदमबहादुर सिजापति, सुरेन्द्र चौधरी, मोहन नगरकोटी, विष्णु बस्नेत, सुजनबहादुर दाहाललाई सम्मान गरेको छ ।


प्रहरी भवन बनाउन जग्गा दान गर्नेहरु हनुमान गोडिया, मायावती मुराउ, सुन्दर मुराउ, लालजीप्रसाद मुराउ र मुररीधर मिश्र, जेष्ठ पूर्व प्रहरीमा कृष्णमान श्रेष्ठ, बानु सिख, हुकुम सिंह सिख, हवि शेष, प्रहरी समुदाय साझेदारी कार्यक्रममा जयप्रसाद बर्मा र शरदमान शाक्यलाई सम्मान गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !