अस्पताल आएको ५० मिनेटमै मृत्यु

नेपालगञ्ज – कोहलपुर मेडिकल कलेजमा भर्ना भएको ५० मिनेटमै बिरामीको मृत्यु भएको छ ।
दैलेखको नारायण नगरपालिका वडा नं. ८ का ५१ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा ल्याएको ५० मिनेटमै मृत्यु भएको हो ।
आन्द्रामा प्वाल परेका बिरामीलाई कोरोना भएको थियो । असोज १८ गते राती १२.४५ बजे कोहलपुरमा भर्ना भएका बिरामीको १.३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका व्यक्तिको मृत्यु संख्या १० पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !