घरबाटै डिस्चार्ज

नेपालगञ्ज – होम आइसोलेसनमा बसेका १३ जना डिस्चार्ज भएका छन् । जिल्लाबाट आइतबार १८ जना डिस्चार्ज हुँदा १३ जना होम आइसोलेसनमा बसेकाहरु थिए ।
घरमै बसेकाहरु डिस्चार्ज भएसँगै घरमै रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले होम आइसोलेसनमा बसेका सबै नेपालगञ्जको रहेको जानकारी दिनुभयो । अरु पाँच जनामा चार जना मेडिकल कलेज र एकजना भेरी अस्पतालको आइसोलेसनमा बसेका थिए ।
जिल्लामा अहिलेसम्म एक हजार ६ सय २ जना डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा ४ सय १४ जना रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !