सुत्केरीको मृत्यु

नेपालगञ्ज – रक्तश्राव नरोकिएपछि उपचार गराउन कोहलपुरमा आएकी सुत्केरीको कोरोना लागेर मृत्यु भएको छ ।
कञ्चनपुरको महेन्द्रनगर निवासी २९ वर्षीया महिला आज विहान ४.३० बजे मृत्यु भएको हो । गर्भवती हुँदा नै रक्तश्राव भइरहेकी महिलाले सेती अस्पतालमा जुम्ल्हा बच्चा जन्माएकी थिइन् । बच्चा जन्मिएपछि पनि रक्तश्राव नरोकिएपछि बाँकेको कोहलपुरमा रिफर गरिएको थियो ।
सेती अस्पतालमै असोज १४ गते स्वाव परीक्षण गर्दा महिलामा कोरोना देखिएको थियो । १५ गते कोहलपुरमा ल्याउदासम्म महिला बेहोस थिइन् । उपचार गरिरहदा पनि महिलाको अवस्थामा कुनै सुधार नआएपछि आज विहान ४.३० बजे मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बाहिरी जिल्लाबाट उपचार गराउन आउदा बाँकेका मृत्यु हुनेको संख्या ९ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !