सिकिस्त २१, होम आइसोलेसनमा ७१ जना
नेपालगञ्ज – बाँकेमा कोरोनाका २१ जना सिकिस्त बिरामी रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, जिल्ला दुई अस्पतालमा २१ जना सिकिस्त बिरामी रहेका छन् ।
फोकलपर्सन श्रेष्ठले भेरी अस्पतालमा १६ र नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा ५ जना सिकिस्त बिरामी रहेको जानकारी दिनुभयो ।
जिल्लामा कोरोनाको लक्षण देखिएका एक सय १७ जना बिरामी छन् । श्रेष्ठका अनुसार, सामान्य खालका बिरामी आठ जना, मध्यम खालका ९२ जना र सिकिस्त बिरामी २१ जना छन् । भेरीमा ६१ र ५६ जना बिरामी रहेका छन् ।
त्यस्तै, ७१ जना बिरामी होम आइसोलेसनमा बसेका छन् । होम आइसोलेसनमा बसेकाहरु सामान्य खालका बिरामी छन् । नेपालगञ्ज उपमहानगरपालिकामा ४१, कोहलपुर नगरपालिकामा २६ र बैजनाथ गाउँपालिकामा ४ जना होम आइसोलेसनमा बसेका छन् ।