कोरोनाबाट ६० वर्षीयको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा उपचारमा रहेका ६० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।
दैलेख घर भएपनि नेपालगञ्जको कोरियनपुरमा बस्दै आएका ६० वर्षीय पुरुषको आज ४.५६ बजे मृत्यु भएको हो ।
असोज १५ गते कोरोना पुष्टि भएका ६० वर्षीय पुरुषलाई लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र मुटुरोगको समस्या थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !