बाईबाई लुइ, फेरि आउँदै गर्नु…

२०७६ साल फाल्गुन २० गते ।
मेरो मोबाइलमा म्यासेज आयो ‘हाइ भरत दिस इज लुइ फ्रम स्विजरल्याण्ड, आइ एम साइकिलिस्ट एण्ड आइ विल बि एट योर सिटी विद इन ९ डेज, क्यान यु होस्ट मि ?’ मैले सधै साइकिलिस्ट बिदेशी स्वदेशी सबैलाई एक रात आफ्नो घरमा होस्ट गर्न लागेको ३ बर्ष भयो । आउँछन्, बस्छन् र नेपालको बारेमा बुझ्छन् । मैले सकेको मद्दत गर्छु र उनीहरुको दोस्रो गन्तब्यको लागि अर्को साथीलाई सुचित गर्दछु । यसरी हामी संसारकै साइकल परिवारसँग म जोडिएको छु । मैले त्यो म्यासेज देख्ने बित्तिकै ‘एस ह्वाइनट सेओर’ भनेर जवाफ दिए । दश दिनपछि लुइ साइकल यात्रा गर्दै भारतबाट नेपालको कञ्चनपुर नाका गड्डाचौकी हुँदै मेरो घर पुग्यो ।
सबैलाई थाहा भएकै कुरो हो, त्यो समय संसारनै कोरोनाको कारण पुरै स्तब्ध थियो । नेपालमा पनि लकडाउन हुने कुरो चल्दै थियो । मैले लुइलाई भने तिमी यस्तो बेला आएका छौ कि म तिमीलाई घरमा राख्न सक्दैन । आगनमा तिमीलाई टेन्ट लाउने ठाउँ दिन्छु । खान हामीले दिनेछौं । उसले पनि हुन्छ भन्यो र बेलुका ४ बजे मेरो घरमा आइपुग्यो । मैले उसलाई जंगल तिर घुमाउन लगे । कुराकानी हुँदै गयो, मलाइ लुइ राम्रो लाग्यो । २ घण्टासम्म घुम्दा उसले खोकेन, हाछिउ गरेन श्वास पनि राम्रोसँग फे¥यो, मेरो त्यो २ घण्टाको उसको परीक्षण सफल भयो । जब हामी घर पुग्यौ, उसले आफ्नो टेण्ट कता लगाउ भनेर सोध्यो तर मैले धेरै सोचे बुवा मुवा र परिवारसँगको सल्लाहमा सबैले निर्णय ग¥र्यौ एक रात त हो भित्रै बसाउ भनेर बुवा मुवाको आग्या पछि मैले आउ लुइ भित्रै बस भने । मेरो घरमा मैले एउटा कोठा यसै प्रायोजनको लागि बनाएको छु जहाँ दुइटा बेड, इन्टरनेट, ड्रेसिङ टेबल र टि टेबल तयार छ । यो मेरो अथिति कोठा हो यसमा बसेको मैले कुनै शुल्क लिदैन ।
लुइ पनि यसै गरि मेरो पाहुना बनेर बस्यो । भोलि बिहान म र लुइ साइकलमा गोदावरी गयौं । यो क्रममा हामी धेरै नजिक भैसकेका थियौं । कोरोनाको कहर झन् बढी हुँदै थियो । भोली लुइ जानुपर्ने हुनाले तयारीमा लाग्यो । मलाइ मेरो भित्री मनले उसलाई केही दिन रोकेर पठाउने निर्णय गरिरह्यो । यस्तो बेला कहाँ जाला के गर्ला भन्ने पिरले मलाइ पिरोलिरह्यो । मैले आखिरीमा उसलाई भने लुइ तिमी बस्न सक्छौ यदि तिमीलाई हतार छैन भने । खाना पिना र घर मेरो उसले मलाई सोचेर भन्छु भन्यो र हामी सुत्यौ । भोली बिहान उसले निर्णय भन्यो, एस आइ विल स्टे हियर । म पनि ठिकै छ नि भन्नेमा थिए ।
चैत ११ गतेबाट लकडाउन भयो । हामी बन्द भयौं । गाउँमा कताकता हल्ला चल्यो, भरतले बिदेशी राखेको छ अब गाउँमा कोरोना फैलिन्छ । तर मैले अठोट लिए यो कुनैपनि हालतमा हुँदैन र जे परेपनि म बेहोर्छु । हुन पनि हो यो ६ महिनाको दैरान लुइलाई केही भएको भए हाम्रो परिवार कति बदनाम हुन्थ्यो होला । उसै त कोही बिदेशी घर आए भरतले डलर लिन्छ होला भन्ने पनि छन् तर यो ३ बर्षको दौरान डलर के हो देखेको छैन बरु जादा नेपाली नयाँ नोटमा साइन गरेर दिएर कतिलाई पठाएको छु ।


लुइलाई मैले कोठा, किचन, बाथरुम, लिभिङ रुम र घरको आँगनसम्म जान इजाजत दिएको थिए र २ महिना उसको कदम त्यतिमा मात्रै सिमित भयो । बिस्तारै हामी नजिकको पसलमा र पडोससम्म जान लाग्यौ । यहि दौरान लुइको क्यामेराले हामीले गाउँलाई प्रमोट गर्न लाग्यौ, भिडियो बनाए, टिकटक बनाए । गाउँमा लुइको धेरै साथी बने । पछि लुइलाई मैले गाउँ घुम्नसम्मको इजाजत दिए । लुइ अब हाम्रो घरको सदस्य भइसकेको थियो । मेरो छोराछोरीको प्यारो अंकल बुवा मुवाको छोरो, बुढीको देवर …यो दौरान लुइले नेपाली बोल्न लेख्न सिक्यो । मेरो छोराछोरीलाई अंग्रेजी बोल्न सिकायो, हामीले गहुँ काट्यौ, गहुँ भित्र्यायौ, लुइले बारी गोड्यो, फुल गोड्यो, लसुन प्याज गोड्यो, खेतमा कोदालो खेलायो, धान रोप्यो अब धान पाक्ने बेला आयो ६ महिना पूरा भयो । उसलाइ फर्किने कत्ति पनि मन थिएन । लुइलाई धान काट्ने रहर थियो तर भिसा सकिएर जाने निर्णय गर्यो….लुइ जाने ३ दिन पहिलाबाट मेरो घर लगायत गाउँमा दुखी माहोल छायो । सबैलाइ भेटेर म जाँदै छु भन्यो……हामीले पनि दुखी मन हुँदै लुइलाई बिदा ग¥यौ …..आज लुइ हामी नेपाली र नेपाललाई छोडेर आफ्नो देश फर्किएको छ । जानेबेला फोनमा कुरा गरेर म उड्दै छु, छिट्टै फेरि आउछु भन्यो…..शुभयात्रा लुइ बहादुर कोरनेली ।
आज म धेरै खुसी छु आफ्नो सानो भाइ जस्तै सम्हालेको लुइ कोरनेली सकुशल आफ्नो देश फर्किएको छ । यो जे जति पनि मैले गरे मेरो धर्म र मेरो बुवा मुवाले दिएको संस्कारको सानो उदाहरण हो । आशा छ मेरो जस्तै सोच सबै नेपालीको होस् र आफ्नो देशको बारेमा यस्तै यादगार पलहरु सबैले लिएर जाउन् र नेपाली कस्ता हुन्छन् भनेर संसारले याद गरोस्….।

भरत बिक्रम शाह
गोदावरी–८ मजगाउँ, कैलाली


error: यो सुविधा उपलब्ध छैन !