४२ जनाले कोरोना जिते

नेपालगञ्ज – बाँकेमा शनिबार ४२ जनाले कोरोना जितेका छन् ।
संक्रमितको दैनिक मृत्यु भएर डरलाग्दो स्थिति देखिएको बाँकेमा कोरोना जित्नेको संख्या त्यो धन्दा धेरै गुणा बढी रहेको छ ।
असोज ३ गते कोरोना पुष्टि भएका ४२ जना आज डिस्चार्ज भएका हुन् । ४२ मा २३ पुरुष र १९ महिला रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले एक हजार पाँच सय ८४ जना डिस्चार्ज भएको जानकारी दिनुभयो । अब ३ सय ९० जना आइसोलेसनमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !