जन्म दिनमा आचार्यले ल्याउनुभयो, थारु भाषाको पुस्तक

नेपालगञ्ज – नेपालगञ्जकी किरण आचार्यले जन्म दिन पारेर थारु भाषाको लोककथा ‘सँप रजुवा’ पुस्तक सार्वजनिक गर्नु भएको छ ।
आचार्यले वि.सं. २०५४ सालतिर संकलन गर्नु भएको थारु लोक कथाको संग्रहलाई सोमबार पूर्वमन्त्री फत्तेसिंह थारु, प्राज्ञ सनत रेग्मी, कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु चौधरीलगायतले पुस्तकका रुपमा विमोचन गर्नुभयो ।


खगेन्द्र गिरि ‘कोपिला’ अध्यक्ष रहेको सर्वदा साहित्य सङ्गमm नेपालगञ्जले पुस्तक प्रकाशन गरेको हो ।
सो अवसरमा पूर्वमन्त्री थारु, प्राज्ञ रेग्मी, उपमेयर चौधरी, प्रा.डा. जनार्दन आचार्य, वरिष्ठ पत्रकार पूर्णलाल चूके, साहित्यकार कोपिलालगायतले आचार्यको कृति र सेरोफेरोमा बोल्नु भएको थियो ।


८० पृष्ठको पुस्तकको भाषा सम्पादन सोम डेमनडौराले गर्नु भएको छ । थारु गाउँहरुमा भनिने पुराना लोक कथाहरु पुस्तकमा समेटिएको लेखिका आचार्यले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !