नगरका ६ सय परिवारले राहत पाउँदै

नेपालगञ्ज – नेपालगञ्जका ६ सय विपन्न परिवारलाई राहत वितरणको तयारी भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरेर बीग्रुपले ६ सय घरपरिवारलाई राहत वितरण गर्न थालेको हो ।
राहत वितरणका लागि वडाका अति विपन्नको नामावली संकलन भइसकेको छ । वडा कार्यालयले नामावली पठाएका छन् । नगरका २३ वटै वडाबाट नामावली आएको छ । एउटा वडामा ७ देखि ५१ जनासम्म परेका छन् ।
पहिलो लटमा अपाङ्गता भएका दुई सय जनालाई नौ हजारका दरले राहत वितरण गर्न थालेको बीग्रुपले दोस्रो लटमा अति विपन्न ६ सयलाई राहत दिने तयारी गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले केही दिनमै राहत वितरण हुने जानकारी दिनुभयो । वडाहरुबाट आएका नामावलीमा बीगु्रपले सर्वे गरिरहेको बुझिएको छ । ६ सय जनालाई दिइने राहत पहिलो लटको भन्दा अलि धेरै हुने बताइएको छ । कोरोना पीडित, एकल महिला, विपन्न, जनजाती, दलित सबैले दोस्रो लटको राहत पाउन सक्छन् ।
स्थानीय तहहरुले कोरोना कहरको शुरुवाती चरणमा राहत वितरण गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !