नेपालगञ्जका ३४ जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा बुधबार ३४ जना डिस्चार्ज भएका छन् ।
भदौ ३१ गते कोरोना पुष्टि भएपछि जिल्लाका विभिन्न आइसोलेसन सेन्टरहरुमा बसेका ३४ जना डिस्चार्ज भएका हुन् । उनीहरु भेरी अस्पताल, मेडिकल कलेज चिसापानी, खुल्ला कारागारको आइसोलेसन सेन्टरमा बसेका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले डिस्चार्ज भएका सबैजसो नेपालगञ्जका भएको जानकारी जानकारी दिनुभयो ।
फोकलपर्सन श्रेष्ठका अनुसार, अहिलेसम्म जिल्लामा एक हजार पाँच सय ४१ जना डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा ३ सय ३१ जना उपचारमा छन् ।


error: यो सुविधा उपलब्ध छैन !