कोरोनाबाट ३५ वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाबाट ३५ वर्षीया महिलाको मृत्यु भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भेरी अस्पताल, नेपालगञ्जका उपचारको क्रममा नेपालगञ्ज–१ की ३५ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिनुभयो ।
पछिल्लो दिनमा बाँकेमा कोरोनाबाट दैनिक नै मृत्यु भइरहेको छ । अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आएका ७ जनाको मृत्यु भएको छ । दीर्घरोगी र जेष्ठ नागरिकलाई कोरोना खतरनाक देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !