छोरी खोजी दिन प्रशासनमा धर्ना

नेपालगञ्ज – नेपालगञ्ज–१७ की ताहिरा दर्जी २० वर्षीया छोरीको फोटो लिएर जिल्ला प्रशासन कार्यालय, बाँकेको प्रवेशद्वारमा धर्ना दिइरहदा भेटिनुभयो ।
छोरीलाई छिमेकी दुई युवाले ललाई–फकाई भारत पु¥याएको ताहिराको भनाई छ । भदौ २५ गते छोरी घरबाट हराएकी छन् । ताहिराले जिल्ला प्रहरी कार्यालय, बाँकेमा छोरी र छोरीलाई बेपत्ता पार्नेलाई खोजी गरिदिन निवेदन दिएपनि त्यो दर्ता भएनछ । प्रहरीले निवेदनसम्म दर्ता नगरेपछि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन आएको ताहिराको भनाई थियो ।
ताहिराले दुई युवाकाविरुद्ध प्रहरीमा मानव बेचबिखन तथा ओसारपसार एवं जबरजस्ती करणीमा जाहेरी दिनु भएको थियो । त्यो दर्ता भएन । ‘उमेर पुगेकी छोरी विवाह नै गरेर गएको भएपनि अहिलेको अवस्था कस्तो छ भन्ने बारेमा त प्रहरीले खोजबिन गरिदिनु प¥यो,’ ताहिराले भन्नुभयो, हामीलाई शंका छ । कतै बेचिदियो कि ?’
प्रशासनमा धर्ना दिंदा ताहिरासँग एक हुल महिला थिए । नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रकी महासचिव रुबी खानको अगुवाई देखिन्थ्यो । उनीहरुले ताहिराको जस्ता चार वटा घटनालाई आधार बनाएर धर्ना दिएका छन् । बाल यौन दुव्र्यवहार, कुटपिट, अभद्र व्यवहारका चार वटा घटनाको जाहेरी दर्ता नभएको उनीहरुको आरोप छ । जाहेरी दर्ता नगर्ने प्रहरी अधिकृतहरुलाई कारबाही हुनुपर्ने उनीहरुको माग रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !