४४ जनाले कोरोना जिते

नेपालगञ्ज – बाँकेमा मंगलबार ४४ जनाले कोरोना जितेका छन् ।
भदौ ३० गते कोरोना पुष्टि भएका ४४ जना कोरोना जितेर घर जादैछन् । जिल्लाका विभिन्न आइसोलेसनमा बसेको प्रहरीसहितको विभिन्न व्यक्तित्वहरुले कोरोना जितेका हुन् । कोरोना जितेर घर फर्किनेमा २९ पुरुष र १५ जना महिला छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले अहिलेसम्म एक हजार पाँच सय ७ जना डिस्चार्ज भएको जानकारी दिनुभयो । जिल्लाका विभिन्न आइसोलेसनमा ३ सय ४० जना रहेका छन् ।
जिल्लामा पछिल्ला दिनमा दीर्घरोगी र जेष्ठ नागरिकका लागि कोरोना खतरनाक सावित भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !