४५ मिनेटको फरकमा दुईको मृत्यु

नेपालगञ्ज – बाँकेको कोहलपुर मेडिकल कलेजमा कोरोनाबाट ४५ मिनेटको फरकमा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्ज–७, रानीतलाउका ३९ वर्षीय पुरुष र कोहलपुर–१० का ५३ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
फोकलपर्सन श्रेष्ठका अनुसार, नेपालगञ्जका ३९ वर्षीय पुरुष नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी हुन् । उनलाई उच्च रक्तचापको समस्या थियो । स्वास्थ्यमा समस्या आएपछि भदौ ३१ गते अस्पतालमा भर्ना भएका थिए । त्यही दिन स्वाव लिएर कोभिड परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । आज विहान ३.३० बजे उनको मृत्यु भएको छ ।
कोहलपुरका ५३ वर्षीयको विहान ४.१५ बजे मृत्यु भएको छ । मधुमेहका समस्या रहेका उनी असोज ४ गते अस्पताल पुगेका थिए । ६ गते कोरोना पुष्टि भयो । उनी मेडिकल कलेजमा कर्मचारीका श्रीमान हुन् ।
एकै दिन दुई जनाको मृत्यु हुँदा बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !