कोरोना संक्रमितको मृत्यु
नेपालगञ्ज – बाँकेमा जाजरकोटका कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बाँकेको कोहलपुरमा होम आइसोलेसनमा बस्नु भएकी जाजरकोटको जुनीचाँदी–५ की ७६ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिनुभयो ।
जाजरकोटमा बिरामी भएपछि कोहलपुर आएकी थिइन् । कोहलपुरमा उनको छोरा बस्दै आएका छन् । असोज ६ गते कोरोना पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेकै बेलामा स्वास्थ्य अवस्था खराब भएपछि उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो । ‘अस्पतालभित्र लैजाने बित्तिकै मृत्यु भयो, उपचार सेवा लिन पाउनु भएन, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो ।
बाँकेमा होम आइसोलेसनको व्यवस्था गरिएको छ । तर, कोहीसँग समन्वय नगरेर महिलालाई घरमै राखिएको थियो । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले ६० वर्षमाथिलाई होम आइसोलेसनमा राख्न नपाइने बताउनुभयो ।
बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या सात पुगेको छ ।