देखिरहेका व्यक्तिले बोक्छन् ब्राउनसुगर !

नेपालगञ्ज – नेपालगञ्जकी सन्जनादेवी पटहर रुपैडिहामा काम गर्न जान्थिन् । एक कपडा पसलमा काम गर्ने उनको ओहोर–दोहोर चलिरहन्थ्यो । रुपैडिहामा काम गर्न जाने र फर्किने भएकाले उनीविरुद्ध कसैले गलत नजर लगाउने कुरै भएन ।
देखिरहेको व्यक्ति । आउने–जाने चलिरहन्थ्यो । प्रहरीले वास्ता गर्दैनथ्यो । भदौ २२ गते भने लागु औषध ब्यूरोको टोलीलाई शंकास्पद सूचना आयो, पत्याउनै पर्नेखालको । पटहरलाई नेपालगञ्ज घर फर्किदा टोलीले खानतलासी ग¥यो । उनको साथबाट ५० ग्राम ब्राउनसुगर फेला प¥यो ।
पटहरले आफैले त्यतिधेरै ब्राउनसुगर खाने त होइन । उनलाई पनि कसैले ल्याइदिन लगाएको हो । ‘दैनिक जान्छेस्, प्रहरीले तँलाई चिनेको छ । रोक्दैन’ भनेर कारोबारीले उनलाई ब्राउनसुगर बोकाएको हुन सक्छ। लागु औषध बोकाउनेहरु फरार रहेका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।
यो घटनाले के देखाउँछ भने चिनिएका व्यक्ति भनेर नाकामा जाँच गर्न छोड्नु हुँदैन । जुनसुकै पेशा, व्यवसायका भएपनि रुपैडिहाबाट आउदा जाँच गर्न आवश्यक देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !