उच्च अदालत बन्यो कोरोना हटस्पट

नेपालगञ्ज – बाँकेमा बुधबार ५२ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जले ५८ जनाको रिपोर्ट बाहिर ल्याउदा बाँकेका ५२ जना परेका हुन् । ६ जना भने बर्दिया जिल्लाका छन् । बर्दियाका सबै गुलरियाका छन् ।
बाँकेमा उच्च अदालतका दर्जन कर्मचारीलाई कोरोना देखिएको छ । अन्य विभिन्न पेश व्यवसायका मानिस रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार तीन सय २४ जना पुगेको छ । त्यसमा ९ सय १५ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !