कोरोना देखिदा ठूलो चर्चा, घर फर्किदा किन चुपचाप !

नेपालगञ्ज – बाँकेमा नौ सय ५१ जना कोरोना संक्रमित निको भएर घर गएका छन् ।
एक हजार तीन सय ४५ जना संक्रमित भएको बाँकेमा ९ सय ५१ जना घर फर्किएका हुन् । ३ सय ८६ जना उपचारमा रहेका छन् । आठ जनाको मृत्यु भएको छ ।
जिल्लामा ठूलो संख्या संक्रमित हुने र त्यत्तिकै संख्यामा घर फर्किने क्रम चलिरहेको छ । बिहीबार मात्रै ३६ जनाले कोरोना जितेर घर जादैछन् । भदौ ११ गते कोरोना देखिएका उनीहरु विभिन्न आइसोलेसनमा बसेका थिए । उनीहरु नेपालगञ्ज, कोहलपुर, खजुराका छन् ।
बाँकेमा कोरोना संक्रमित एकैपटक धेरै देखिदा ठूलो चर्चा हुने गरेको छ । तिनीहरु नै १४ दिनपछि घर फर्किदा चर्चा भएको पाइदैन । कोरोना देखिंदा चर्चा गर्ने अधिकारीले उनीहरुले कोरोना जितेर फर्किदा किन चर्चा गर्दैनन् ? कोरोना लागेपछि हुने डर, जितेर घर फर्किदा सकिएको हुन्छ नै । तर अधिकारीहरुले किन कोरोना देखिदा यतिलाई देखियो, सावधानी हुनुस् भन्दै एकप्रकारको डर देखाउँछन् । १४ दिन पछि ती व्यक्तिहरु स्वतः निको भएर घर फर्किन्छन् । उनीहरु घर फर्किदा पनि पोजिटिभ लाग्दाको दिन जस्तै चर्चा गरिदिए कति राम्रो हुँदो होला है ?


error: यो सुविधा उपलब्ध छैन !